काठमाडौंः केपी ओली नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । एमाले संसदीय दलका नेता ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेल आइतवार प्रधानमन्त्रीमा नियुक्ति गर्नु भएको हो ।
प्रतिनिधि सभामा सबै भन्दा ठूलो दल नेपाली काँग्रेस सहितको समर्थनको पत्र बुझाउनु भएका ओलीलाई राष्ट्रपतिले नेपालको प्रधान मन्त्री पदमा नियुक्ति गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गर्नु भएको थियो । प्रधान मन्त्री ओलीले भोली सोमबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । ओली नेपालको ४५ औं प्रधान मन्त्री बन्नु भएको छ ।
साझा अर्थ संवाददाता