पात्रो

रेडियो

समाचार खोजी

आगलागीका कारण भायानेटको डाटा सेन्टर प्रभावित, आंशिक रुपमा इन्टरनेट सुचारु

साझा अर्थ संवाददाता २६ भदौ २०८२, बिहिवार

काठमाडौं । भायानेटले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा भएको आगजनीले डाटा सेन्टरमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको जानकारी दिएको छ । 

 

कम्पनिले ब्याकअप डाटा सेन्टरबाट सेवा सुचारु बह्येको भन्दै धेरै ग्राहक प्रभावित भएको उल्लेख गरेको छ । 

 

बुधबार बिहान, सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि सुरक्षित डाटा सेन्टरमा पुनःस्थापना गरेको बताउदै भायानेटले प्राविधिक टोलीको असाधारण प्रयासका कारण अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ, र आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने जानकारी दिएको छ । साथै भायाटिभी सेवा पनि चाँडै सुचारु हुने बताउदै यो असाधारण घटनाले नेटवर्कलाई अझ मजबुत बनाउन थप प्रेरणा दिएको उल्लेख गरेको छ ।

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु