पात्रो

रेडियो

समाचार खोजी

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

साझा अर्थ संवाददाता ६ साउन २०८३, बुधवार

काठमाडाै‌, ६ साउन: बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४ बजेर ४० मिनेटको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का बझाङसहित बैतडीका केही भागमा महसुस गरिएको थियो। अहिलेसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।

गएको भूकम्पको तीव्रता मध्यम खालको रहेको र थप जानकारी संकलन भइरहेको केन्द्रले बताएको छ। 

72 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु