पात्रो

रेडियो

समाचार खोजी

छिमेक लघुवित्तको ४,४१४ कित्ता संस्थापक शेयर बिक्रीमा

साझा अर्थ संवाददाता ६ साउन २०८३, बुधवार
समाचार सारांश
  • छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी दिनेश कुमार साहको नाममा रहेको ४,४१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
  • प्रतिकित्ता न्यूनतम ४७५ रुपैयाँ तोकिएको यो शेयर खरिदका लागि नेपाल राष्ट्र बैंकको 'फिट एन्ड प्रपर टेस्ट' मापदण्ड पूरा गर्ने इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको १५ दिनभित्र केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।
This summary was generated by AI and has been editorially reviewed.
काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार ४१४ कित्ता संस्थापक शेयर बिक्रीका लागि इच्छुक व्यक्ति तथा संस्थाबाट आवेदन माग गरेको छ।

संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार संस्थापक शेयरधनी दिनेश कुमार साहको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागिएको हो। साहले शेयर बिक्रीका लागि आवश्यक स्वीकृति माग गर्दै संस्थाको सञ्चालक समितिसमक्ष आवेदन दिएका थिए।

शेयर खरिदमा विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै संस्थाले यसअघि २०८३ असार २ गते सार्वजनिक सूचना जारी गरेको थियो। तर तोकिएको अवधिमा विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि अन्य योग्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको संस्थाले जनाएको छ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न चाहने आवेदकले नेपाल राष्ट्र बैंकले निर्धारण गरेको ‘फिट एन्ड प्रपर टेस्ट’ सम्बन्धी मापदण्ड पूरा गरेको हुनुपर्नेछ।

संस्थापक शेयरधनी बन्न योग्य रहेको प्रमाणित हुने कागजात तथा अन्य आवश्यक विवरणसहित आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ। इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्न सक्नेछन्।

79 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु