पात्रो

रेडियो

समाचार खोजी

कुमारी बैंकद्वारा धितो लिलामीका लागि बोलपत्र आह्वान

साझा अर्थ संवाददाता ६ साउन २०८३, बुधवार

काठमाडौँ, ६ साउन: कुमारी बैंक लिमिटेडले विभिन्न ऋणीहरूले धितोमा राखेका चल तथा अचल सम्पत्ति लिलाम बिक्री गरी असुल उपर गर्नका लागि ७ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले आफ्नो कर्जा असुली प्रक्रियालाई तीव्रता दिँदै ऋण चुक्ता नगर्ने ऋणीहरूको नाममा रहेको धितो सम्पत्ति बिक्रीमा ल्याएको हो।

बैंकको कर्जा असुली विभागद्वारा जारी सूचनाअनुसार तोकिएको समयावधिभित्र सम्बन्धित ऋणीहरूले आफ्नो बक्यौता रकम बुझाई कर्जा फछ्र्यौट नगरेपछि धितोमा राखिएका घर, जग्गा तथा अन्य सम्पत्ति लिलाम गर्न लागिएको हो। उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्त तथा संघसंस्थाहरूले कानुनबमोजिम आवश्यक कागजात संलग्न गरी आगामी ७ दिनभित्र बैंकको तोकिएको कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

बैंकको प्रचलित नियमावली र बैंकिङ कानुनी प्रावधानअनुसार हुने यस लिलामी प्रक्रियामा सहभागी हुन चाहने बोलपत्रदाताहरूले निर्धारित सर्तहरूको पालना गर्नुपर्नेछ। तोकिएको म्यादभित्र प्राप्त बोलपत्रहरू खोल्ने दिन र समय बैंकले छुट्टै सूचनामार्फत वा नियमसङ्गत तरिकाले सार्वजनिक गर्ने जनाएको छ।

5 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु