पात्रो

रेडियो

समाचार खोजी

सिप्रिङखोला जलविद्युत आयोजनाको ड्यामसाइड आसपास बाढी– पहिरोका कारण एक बेपत्ता, चार अलपत्र

साझा अर्थ संवाददाता ६ साउन २०८३, बुधवार

दोलखा, ६ श्रावणः गौरिशंकर गाउँपालिका स्थित सिप्रिङखोला जलविद्युत आयोजनाको मूलखर्क ड्यामसाइट आसपास पहिरो र बाढीका कारण एक जना बेपत्ता भएका छन् भने चारजना पहिरोमा फसेका छन् ।  सो कुराको जानकारी वडा नम्बर ९ का वडाध्यक्ष निमागेली शेर्पाले जानकारी दिनु भएको हो ।
बाढी पहिरोमा परी बेपत्ता हुनेमा चस्मान तामाङ रहनु भएको शेर्पाले जानकारी दिनुभयो । ड्याम साइट नजिक पहिरो तथा बाढीले संरचना बगाएपछि चार जना भीरमा फसेका छन् । भीरमा अलपत्र परेकाहरुमा सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण बिक र मणिक विनोद श्रेष्ठ रहनु भएको छ । पहिरोमा फसेकाहरुको उद्धारकालागि  वडाध्यक्ष शेर्पाले सुरक्षानिकाय एबं सबैसँग आग्रह गर्नु भएको छ ।

45 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु