पात्रो

रेडियो

समाचार खोजी

आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर

साझा अर्थ संवाददाता ८ साउन २०८३, शुक्रवार

काठमाडौँ, ८ साउन : नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेकाे छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिददर रु १६०.०० र बिक्रीदर रु १६०.१५ कायम गरिएको छ।

यस्तै, अमेरिकी डलर एकको खरिददर रु १५४.२२ र बिक्रीदर रु १५४.८२, युरोपियन युरो एकको खरिददर रु १७६.०० र बिक्रीदर रु १७६.६९, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर रु २०६.२२ र बिक्रीदर रु २०७.०२ तथा स्वीस फ्र्याङ्क एकको खरिददर रु १८९.३३ र बिक्रीदर रु १९०.०७ निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर रु १०७.९३ र बिक्रीदर रु १०८.३५, क्यानेडियन डलर एकको खरिददर रु १०९.५१ र बिक्रीदर रु १०९.९४, सिङ्गापुर डलर एकको खरिददर रु ११९.५१ र बिक्रीदर रु ११९.९७, जापानी येन १० को खरिददर रु ९.४४ र बिक्रीदर रु ९.४८ तथा चिनियाँ युआन एकको खरिददर रु २२.७८ र बिक्रीदर रु २२.८७ कायम गरिएको छ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर रु ४१.०९ र बिक्रीदर रु ४१.२५, कतारी रियाल एकको खरिददर रु ४२.३० र बिक्रीदर रु ४२.४७, थाई भाट एकको खरिददर रु ४.५६ र बिक्रीदर रु ४.५८, यूएई दिर्हाम एकको खरिददर रु ४१.९९ र बिक्रीदर रु ४२.१५, मलेसियन रिङ्गिट एकको खरिददर रु ३७.७२ र बिक्रीदर रु ३७.८६ तथा दक्षिण कोरियाली वन १०० को खरिददर रु १०.५० र बिक्रीदर रु १०.५४ तोकिएको छ।

यस्तै, स्विडिस क्रोनर एकको खरिददर रु १५.८७ र बिक्रीदर रु १५.९३, डेनिस क्रोनर एकको खरिददर रु २३.५४ र बिक्रीदर रु २३.६४, हङकङ डलर एकको खरिददर रु १९.६७ र बिक्रीदर रु १९.७५, कुवेती दिनार एकको खरिददर रु ५०१.०४ र बिक्रीदर रु ५०२.९९, बहराइन दिनार एकको खरिददर रु ४०९.०२ र बिक्रीदर रु ४१०.६१ तथा ओमानी रियाल एकको खरिददर रु ४००.५७ र बिक्रीदर रु ४०२.१३ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन हुन सक्नेछ भने वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्नेछन्।

22 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ