पात्रो

रेडियो

समाचार खोजी

२११औँ भानुजयन्ती मनाइँदै

साझा अर्थ संवाददाता २९ असार २०८१, शनिवार


काठमाडौं : आज नेपाली भाषाका अदिकवी भानुभक्त आचार्यको २११ औंं जयन्ती मनाइँदै छ । नेपाल र नेपाली भाषिहरु रहेका विदेशका विभिन्न क्षेत्रहरुमा भानु जयन्ति विशेष महत्वका साथ मनाइँदै छ । 
तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको जन्मिएका भानुभक्त आचार्य को नेपाली भाषा र साहित्यको उन्नयनमा विशेस योगदान रहेको छ । 
भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका भानुभक्तले संस्कृत भाषामा रहेको बाल्मीकी रामायणलाई नेपाली भाषामा अनुवाद गर्नु भएको थियो ।  रामायणलगायत भक्तमाला,  प्रश्नोत्तर, वधुशिक्षा र रामगीता लगायतका उहाँका  कृतिहरु तथा थुप्रै फुटकर रचना नेपालीभाषीमाझ निक्कै लोकप्रिय छन । भानुभक्तहो  निधन १९२५ मा भएको थियो । 
राष्ट्रपति रामचन्द्र पौडेलले भानु जयन्तिको अवसरमा शुभकामना दिँदै उहाँको योगदान अतुलनीय बताउनु भएको छ । भानु जयन्ति आज देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ ।

279 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ