पात्रो

रेडियो

समाचार खोजी

अमेरिकाले लगाउने भन्सार शुल्कले बङ्गलादेशको अर्थतन्त्रमा गम्भीर असर पर्ने : एसियाली विकास बैंक

साझा अर्थ संवाददाता १२ साउन २०८२, सोमवार

  ढाका, साउन १२ (रासस/सिन्ह्वा) :   एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशको अर्थतन्त्रमा अमेरिकाबाट लगाइने नयाँ भन्सार शुल्कका कारण गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ ।    
मनीलास्थित यस बहुपक्षीय वित्तीय संस्थाले सार्वजनिक गरेको एशियाली आर्थिक दृष्टिकोणमा बङ्गलादेशको आर्थिक वर्ष सन् २०२५ जुलाईदेखि २०२६ जुनसम्मको आर्थिक वृद्धि दर घटाइएको उल्लेख गरिएको छ ।    
    
बृद्धिदर घट्नुको मुख्य कारण भनेको निर्यात र उद्योग क्षेत्रको मन्दी तथा अमेरिकी भन्सार शुल्कको सम्भावित प्रभाव रहेको बताइएको छ ।    
यसअघि, चालु वर्षको वैशाखमा एडिबीले बङ्गलादेशको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने अनुमान गरेको थियो ।    
तर अहिले अमेरिकी सरकारले साउन १७ गतेदेखि बङ्गलादेशबाट आउने सामानहरूमा ३५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरिसकेको छ ।    
    
व्यापार विश्लेषकहरूका अनुसार, यो निर्णयपछि बङ्गलादेश अमेरिकी बजारमा आफ्ना प्रतिस्पर्धी मुलुकहरूभन्दा कमजोर अवस्थामा पर्नेछ । विशेष गरी सिलाइबुनाइ गरिएका कपडाका सामग्रीहरू सबैभन्दा बढी प्रभावित हुनेछन् ।    
यी तयार कपडाहरू बङ्गलादेशको कुल निर्यात आम्दानीको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने क्षेत्र हो, जसमा ४० लाखभन्दा बढी नागरिक रोजगारीमा रहेका छन् ।    
यदि यो शुल्क लागू भयो भने, बङ्गलादेशको रोजगारी, निर्यात तथा समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने एडिबीले चेतावनी दिएको छ ।    

251 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ