काठमाडौः आज १० अर्ब बराबरको विकास ऋणपत्र २०८५ विक्रि गरिने भएको छ । सार्वजनिक ऋण ब्यवस्थापन कार्यालयले सो ऋणपत्र विक्री गर्ने भएको हो ।
ऋणपत्र बोलकबोल प्रथाबाट विक्री गरिने छ ।
तीन वर्ष समयावधि भएको ऋणपत्र को नेपाल स्टक एक्सेञ्जमा कारोबार समेत गर्न सकिनेछ । ऋणपत्रको बोलकबोल आज १० बजे देखि ३ बजेसम्म हुने छ । ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुत्तानी गरिने छ । चालु आर्थिक वर्षमा रु ३ खर्ब ६२ अर्ब बराबरको आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य रहेको छ ।
साझा अर्थ संवाददाता