पात्रो

रेडियो

समाचार खोजी

रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्न

साझा अर्थ संवाददाता ११ चैत २०८१, सोमवार

   
रामेछाप (मन्थली), ११ चैतः यहाँको रामेछाप नगरपालिका–६ स्थित ओख्रेनीको च्यास्कुमा आइतवार आयोजित एकिकृत घुम्ती शिविरमा ३०० बढी सेवाग्राहीले सेवा लिएका छन् ।    
    
 सो अवसरमा चालु आर्थिक वर्षभित्र भए गरेका काम र उपलब्धिका बारेमा जानकारी गराउन सार्वजनिक सुनुवाइ पनि आयोजना गरिएको थियो ।    
    
 शिविरमा स्वास्थ्य सेवा, कृषि सेवा, तथा पशु सेवा, मनोसामाजिक परामर्श सेवासमेत सञ्चालन भएको थियो । चालु आर्थिक वर्षमा विनियोजित रकम अपेक्षाकृत ढङ्गबाट खर्च हुन नसकेको प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागार्इँले बताउनुभयो ।    
    
 रामेछाप नगर प्रमुख लवश्री न्यौपानेले नगरपालिकाको आन्तरिक स्रोत नभएका कारण सधै केन्द्र र प्रदेशमार्फत आउने विकास निर्माणका आयोजना पर्खनुपर्ने बताउनुभयो ।    
    
 उपप्रमुख बाला कार्कीले वर्तमान सरकार सङ्घ, प्रदेश र स्थानीय भएर बनेकाले स्थानीय सरकारले असाध्यै साना योजना मात्र सञ्चालन गर्न सक्ने क्षमता भएकाले पालिकाको अपेक्षाकृत ढङ्गबाट विकास हुन नसकेको बताउनुभयो ।    
    
 कार्यक्रममा अधिकांश स्थानीयले नगरले गरेका गतिविधिहरु छिटो छरितो नगरेको , विकास निर्माणका काम गर्दा उत्तिकै विनास निम्तिएको र यसअघि भएका सार्वजनिक सुनवाइमा गरिएका प्रतिवद्धताको कार्यान्वयन फितलो भएको आरोप लगाए ।    

121 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु