पात्रो

रेडियो

समाचार खोजी

सीआइएद्वारा आफ्ना सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव गरेको वाल स्ट्रिट जर्नलकाे दावी

साझा अर्थ संवाददाता २३ माघ २०८१, बुधवार
वासिङ्टन, २३ माघ (रासस/एएफपी) : अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) ले आफ्ना सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव गरेको वाल स्ट्रिट जर्नलले मङ्गलबार बताएको छ ।
 
यो कदमले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सङ्घीय कर्मचारीहरूका लागि सुरु गरिएको स्वैच्छिक अवकाश कार्यक्रममा सामेल हुने पहिलो गुप्तचर एजेन्सी बन्नेछ ।
 
जर्नलका अनुसार सिआइए निर्देशक जोन र्‍याटक्लिफका एक सहयोगीलाई उद्धृत गर्दै एजेन्सीले सःशर्त प्रस्ताव दिइएका रोजगार खोज्नेहरूको नियुक्ति पनि रोकेको छ ।
 
अज्ञात सहयोगीका अनुसार यदि आवेदकहरूसँग एजेन्सीको नयाँ लक्ष्यहरूका लागि उपयुक्त पृष्ठभूमि छैन भने केही रोकिएका प्रस्तावहरू रद्द हुन सक्छन् । जर्नलका अनुसार यी नयाँ लक्ष्यहरूमा लागूपदार्थ कार्टेलहरू, ट्रम्पको व्यापार युद्ध र चीनलाई कमजोर पार्ने कार्य समावेश छन् ।
 
यो कदम ट्रम्पद्वारा अमेरिकी सरकारको ठूलो सुधारको हिस्सा हो । ट्रम्पले दक्षता र मितव्ययिताको नाममा सङ्घीय कार्यबललाई उल्लेखनीय रूपमा घटाउने वाचा गर्नुभएको छ र यसले वासिङ्टनमा तरङ्ग ल्याएको छ ।
 
अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण विदेशी गुप्तचर सङ्कलन गर्ने सिआइएमा खरिद प्रस्तावको रिपोर्ट – ट्रम्पले ‘गाजा पट्टी कब्जा गर्ने’ असाधारण योजना घोषणा गरेको केही घन्टापछि आएको हो ।
 
सिआइएले एएफपीको टिप्पणीको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन ।
130 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ