पात्रो

रेडियो

समाचार खोजी

भ्युटावर–पानिट्याङ्की– देउराली सडकको स्तरोन्नति जारी

साझा अर्थ संवाददाता ८ माघ २०८१, मङ्गलवार

दोलखाः भीमेश्वर नगरपालिका वडा नम्बर छ स्थित भ्युटावर–पानिट्याङ्की–देउराली सडकको स्तरोन्नति जारी छ । संघीय शसर्त अनुदान पूँजिगत मार्फत उभोक्ता समितिको लागत सहभागितामा सो सडकको स्तरोन्नती  भइरहेको हो ।
विभिन्न चार स्थानका कठिन भागहरुमा ढलान गरिने योजना अनुसार उपभोक्ता समिति मार्फत काम भईरहेको भीमेश्वर नगरपालिकाका सहायक ईञ्जिनीयर रामसरण दहालले जानकारी दिनुभयो । १८३ मिटरको पहिलो खण्ड,  ५७ मिटरको दोसा्रे खण्ड तथा ९६ मिटरलामो तेस्रो खण्डको ढलान गर्ने काम सम्पन्न भइसकेको उहाँको भनाई रहेको छ । चौथो खण्डको ८० मिटर सडक ढलान गर्ने कार्य जारी रहेको उहाँको भनाई रहेको छ । 
कुल ७४ लाख २४ हजार उनानसत्तरी रुपैयाँ कुल लागत रहेको यो सडक स्तरोन्नति आयोजनामा भीमेश्वर नगरपालिकाको तर्फबाट ६० लाख तथा जनसहभागिताबाट १४ लाख २४ हजार उनानसत्तरी  रुपैयाँ बराबरको काम गरिने भीमेश्वर नगरपालिकाले जनाएको छ । गुम्फा डाँडामा रहेको भ्यूटावर पुग्न चाहने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सडक स्तरोन्नतिपछि सहज हुने भीमेश्वर नगरपालिकाको आशा छ । हाइकिङ गर्न चाहनेहरुकालागि सिमपानीबाट भ्यूटावरसम्म अघिल्लो आर्थिक वर्षमानैं सिंढी निर्माणको काम भइसकेको नगरपालिकाको भनाई रहेको छ ।

302 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु