sajhaartha.com २ माघ २०८१, बुधवार
२ माघ २०८१, बुधवार
15th, January 2025, Wednesday
ताजा खबर

बृहत दोलखा महोत्सव फागुन ६ बाट

१ माघ २०८१, मङ्गलवार नवराज शिवाकोटी
39
Shares

दोलखाः  आगामी फागुन ६ गतेदेखि १८ गतेसम्म  तेस्रो बृहत् दोलखा महोत्सव २०८१ हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा सो महोत्सव हुने भएको हो ।
महोत्सव दोलखा सदरमुकाम चरिकोट स्थित भीमेश्वर रंगशालामा हुने  सोमबार पत्रकार सम्मेलनको आयोजना गरी दोलखा उदद्योग वाणिज्य संघले जनाएको छ । “दोलखाको पहिचान कृषि, पर्यटन र पानी, स्थानीय उत्पादन र उद्यमशीलतामा लगानी” भन्ने नाराका साथ यो महोत्सव हुन लागेको दालखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।  जनाएको छ । 
अध्यक्ष श्रेष्ठका अनुसार बृहत् दोलखा महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवद्र्धन गरिनेछ । महोत्सवमा रहने स्टलहरुमा दोलखाका सबै स्थानीय तहहरू, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूहहरू, संघ–संस्था, उद्योगी व्यवसायीका उत्पादनलगायत प्रदर्शनीमा राखिने छ । दोलखाका विभिन्न जातजाति, भाषाभाषीका कला–संस्कृति समेटिएका प्रस्तुति र झाँकी प्रदर्शन गरिने श्रेष्ठको भनाई रहेको छ  ।
महोत्सवमा दोलखाका पर्यटकीय स्थलको फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी गरिनुका साथै  विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरू र विद्यालयस्तरीय प्रतियोगिताहरू पनि सञ्चालन गरिने बताइएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारले विभिन्न प्रस्तुती  समेत रहने संघले जनाएको छ । 
दोलखालाई महत्वपूर्ण आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यका रूपमा चिनाउन महोत्सव गर्न लागिएको उप्रेतीले बताउनुभयो ।  महोत्सव सञ्चालन गर्न ८८ लाखभन्दा बढी लाग्ने दोलखा उद्योग वाणिज्य संघको अनुमान छ ।

नवराज शिवाकोटी
१ माघ २०८१, मङ्गलवार

39

Shares

सम्बन्धित समाचार