पात्रो

रेडियो

समाचार खोजी

श्रीलङ्काको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि

साझा अर्थ संवाददाता २७ पुष २०८१, शनिवार

श्रीलङ्काले सन् २०२४ मा पर्यटनबाट करिब ३.१७ करोड अमेरिकी डलर कमाएको श्रीलङ्काको केन्द्रीय बैङ्क (सिबीएसएल) को पछिल्लो तथ्याङ्कले देखाएको छ ।

यो सन् २०२३ को पर्यटन आम्दानीको तुलनामा ५३ दशमलव २ प्रतिशतले वृद्धि हो, जुन करिब दुई अर्ब सात करोड डलर रहेको तथ्याङ्कले देखाएको छ ।

सिबीएसएल तथ्याङ्कले सन् २०२४ मा २० लाखभन्दा बढी पर्यटकले श्रीलङ्का भ्रमण गरेको देखाएको छ, जुन २०२३ को तुलनामा ३८ दशमलव १ प्रतिशतले बढेको छ ।

श्रीलङ्का सरकारले सन् २०२५ मा ३० लाख पर्यटक भित्र्याएर पाँच अर्ब डलर पर्यटन राजस्वको लक्ष्य राखेको छ ।

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ