लङ्खुवा खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न, अर्को महिनादेखि व्यावसायिक उत्पादन शुरु हुँदै
काठमाडौँ: सभापोखरी हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित ५ मेगावाट क्षमताको लङ्खुवा खोला साना जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका-३ मा निर्माण गरिएको उक्त आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत् तुम्लिङटार सबसस्टेनमा कनेक्सन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
आयोजनाको निर्माण पूरा गरिसकेपछि नेपाल विद्युत प्राधिकरणको रोहरबरमा आयोजनाको टेस्टिङ तथा कमिसनिङको कामसमेत सम्पन्न भइसकेको आयोजनाका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले जानकारी दिए ।
आयोजनाको टेस्टिङ तथा कमिसनिङ नेपाल विद्युत प्राधिकरण इन्जिनियरहरू निपेश रेग्मी, दुर्गाप्रसाद ओली, आशुहाङ राई, डेगराज पौडेल र शत्रुधन यादवको समूहले गरेको थियो । नेपाल विद्युत प्राधिकरणलाई १५ दिन निशुल्क विद्युत उपलब्ध गराई अर्को महिनादेखि आयोजनाबाट व्यावसायिक उत्पादन शुरू गरिने देवकोटाले बताए ।
उक्त आयोजनामा तीन हजार एक सय मिटर लामो हेडरेस पाइप तथा छ सय मिटरको पेनस्टक पाइप जडान गरेर लङ्खुवा खोलाको पानीलाई स्थानीय बाह्रबिसे बजार नजिकै रहेको विद्युत गृहमा खसालिएको छ । राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेको सो आयोजना करिब एक अर्ब १० करोड रुपियाँको लागतमा निर्माण पूरा गरिएको देवकोटाले जानकारी दिए ।
कोरोना महामारीका कारण निर्माण अवधि लम्बिँदा आयोजनाको लागत केही बढ्न गए पनि आयोजना निर्माण सम्पन्न गर्न व्यवस्थापकीय समूह अहोरात्र खटिएको देवकोटाले बताए । उनले आयोजना सम्पन्न गर्न विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरणका अधिकारीहरू, राष्ट्रिय वाणिज्य बैंक तथा सीईओ देवेन्द्र रमण खनाल, मेकामिडि हाइड्रोपावर कम्पनी इण्डिया, कम्पनीका प्रवद्र्धवकहरूको साथ सहयोग र धैर्यताप्रति आभार प्रकट गरे ।
त्यस्तै आयोजनाका निम्ति स्थानीयबासी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको भूमिका पनि महत्वपूणर् रहेको उल्लेख गर्दै देवकोटाले आयोजनाले संखुवासभाको बाह्रबिसे क्षेत्रको आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरे ।
अहिलेसम्म आयोजना छिटो सम्पन्न गर्नेतर्फ आफूहरूको ध्यान रहेकाले अब कम्पनीले सर्वसाधारणका निम्ति सेयर (आईपीओ) जारी गर्नका निम्ति आवश्यक प्रक्रिया अगाडि बढाइसकेको देवकोटाको बताए ।
77
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो