पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा सामान्य करेक्सन

साझा अर्थ संवाददाता ६ साउन २०८३, बुधवार

काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज बुधबार साउन ६ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य करेक्सन देखिएको छ। अघिल्ला दिनहरूमा लगातार उकालो लागेको बजारमा आज नाफा सुरक्षित गर्ने (प्रफिट बुकिङ) दबाब पर्दा नेप्से सूचक १३.९५ अंक अर्थात् ०.५१ प्रतिशतले घटेर २७१२.५४ को विन्दुमा बन्द भएको छ।

परिसूचकमा सामान्य गिरावट आए पनि बजारमा खरिदबिक्रीको क्रम भने सन्तोषजनक नै रहेको छ। आज दिनभर बजारमा कुल १ करोड ३६ लाख २ हजार ४६५ कित्ता सेयरहरू किनबेच हुँदा कुल ५ अर्ब १८ करोड ७४ लाख ६७,०७३ रुपैयाँ बराबरको कारोबार भएको छ।

बजार २७०० को मनोवैज्ञानिक विन्दुभन्दा माथि नै कायम रहेकोले यसलाई सामान्य बजार समायोजन (करेक्सन) को रूपमा हेरिएको छ। साताको मध्यतिर आइपुग्दा लगानीकर्ताहरू केही सतर्क देखिए पनि बजारको समग्र प्रवृत्ति अझै सकारात्मक नै रहेको बजार विश्लेषकहरूको ठम्यााइ छ।

3 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु