पात्रो

रेडियो

समाचार खोजी

भारतमा आँधीका कारण विद्यालय बन्द

साझा अर्थ संवाददाता १५ मंसिर २०८१, शनिवार

बेङ्लोर(भारत), १५ मङ्सिर (रासस/एएफपी) : भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण विद्यालयहरू बन्द गरिनुका साथै सयौं मानिसहरूलाई सुरक्षित आश्रयस्थलहमा सारिएको छ ।

चक्रवात फेङ्गलले ७०–८० किलोमिटर प्रति घण्टा को हावाको साथ तमिलनाडु राज्यमा अवतरण गर्ने पूर्वानुमान गरिएको  भारतको मौसम ब्यूरोले जनाएको छ ।

पूर्वानुमानले माछा मार्ने मानिसहरूलाई पानीबाट टाढा रहन आग्रह गर्दै बढ्दो छालहरूले तल्लो तटीय क्षेत्रहरूमा बाढीको खतरा निम्त्याउने जनाएको छ ।  

तमिलनाडुका धेरै जिल्लाहरूमा विद्यालय तथा कलेजहरू बन्द गरिनुका  साथै कम्तिमा ४७१  जनालाई राहत शिविरहरूमा सारिएको इकोनोमिक टाइम्स अखबारले जनाएको छ ।

  पछिल्लो समयमा चक्रवातहरू–उत्तरी अटलान्टिकमा आँधीबेहरी वा उत्तरपश्चिमी प्रशान्तमा टाइफुन जस्तै –उत्तरी हिन्द महासागरमा नियमित खतराको रुपमा देखा परेका छन् ।

यस हप्ताको सुरुमा श्रीलङ्काको तटमा फेङ्गलले छ जना बालबालिका सहित कम्तीमा १२  जनाको ज्यान लिएको थियो ।

वैज्ञानिकहरूले जीवाश्म ईन्धनहरू जलन बाट सिर्जित जलवायु परिवर्तनका कारण विश्वको तापमान वृद्धि हुदाँ  आँधी बेहरी अझै शक्तिशाली हुँदै गइरहेको चेतावनी दिएका छन् ।

141 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ