पात्रो

रेडियो

समाचार खोजी

धितोपत्र बोर्डलाई गुणस्तरीय नियमनमार्फत आफ्नो दायित्व निर्वाह गर्न निर्देशन

साझा अर्थ संवाददाता १२ साउन २०८३, मङ्गलवार

काठमाडौं, १२ साउन : नेपालको पुँजीबजारलाई दिगो, विश्वसनीय र प्रतिस्पर्धी बनाउन नियामक निकायको भूमिका सबैभन्दा निर्णायक हुने बताउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डलाई गुणस्तरीय नियमनमार्फत आफ्नो दायित्व निर्वाह गर्न निर्देशन दिनुभएको छ । साेमबार धिताेपत्र बाेर्डकाे स्थलगत अनुगमनका क्रममा उहाँले साे निर्देशन दिनु भएकाे हाे ।

निर्देशनका क्रममा उहाँले लगानीकर्ताको हित, उच्च नैतिकता र पारदर्शितालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै बोर्डको नेतृत्वलाई दीर्घकालीन दृष्टिकोणका साथ अघि बढ्न आग्रह गर्नुभयो । अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंकको जत्तिकै संवेदनशील र महत्वपूर्ण जिम्मेवारी बोर्डको काँधमा रहेको उल्लेख गर्दै कानुनी र नियामकीय सुधारका क्रममा सबै पक्षको साझा बुझाइलाई आधार बनाउन सुझाव दिनुभयो । यसले बजारमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै लगानीकर्ताको पूँजीको सुरक्षा सुनिश्चित गर्ने उहाँको विश्वास थियो ।

बोर्डका अध्यक्ष डा. गोपाल भट्टले भने पुँजीबजारको समग्र विकासको 'ब्लु प्रिन्ट' निर्माण गरी कार्यान्वयनको चरणमा पुगेको जानकारी दिनुभयो । आगामी साउनभित्रै आइपिओ निष्कासन, इन्ट्रा–डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिकाहरूको मस्यौदा तयार पारिने र सरोकारवालासँगको छलफलपछि क्रमबद्ध रूपमा कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो ।

 

80 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु