काठमाडौँ, ११ साउन — स्थानीय बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु. २ लाख ८८ हजार ५०० कायम भएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु. १ हजार ४०० ले बढी हो। आइतबार छापावाला सुन प्रतितोला रु. २ लाख ८७ हजार १०० मा कारोबार भएको थियो।
महासंघका अनुसार १० ग्राम सुनको मूल्य पनि बढेर आज रु. २ लाख ४७ हजार ३४० पुगेको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य रु. २ लाख ४६ हजार १४० रहेको थियो।
यता, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला रु. ४ हजार ४४५ कायम भएको छ, जबकि अघिल्लो दिन प्रतितोला रु. ४ हजार ४१० मा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला रु. ३५ ले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको अ