पात्रो

रेडियो

समाचार खोजी

वैदेशिक व्यापार २४ खर्ब नाघ्दा व्यापार घाटामा उच्च वृद्धि

साझा अर्थ संवाददाता ११ साउन २०८३, सोमवार

काठमाडौँ, ११ साउन: आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापारको आकार २४ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। भन्सार विभाग तथा सम्बन्धित निकायबाट प्राप्त तथ्यांकअनुसार समीक्षा अवधिमा मुलुकको कुल वैदेशिक व्यापार साढे १५ प्रतिशतभन्दा बढीले वृद्धि हुँदै २८ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ (रु. २,४११.६६ अर्ब) पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.८८ प्रतिशतले बढी हो। विश्वव्यापी भूराजनीतिक अनिश्चितता, अन्तराष्ट्रिय बजारमा वस्तुको मूल्य वृद्धि तथा आन्तरिक राजनीतिक गतिविधिका कारण वैदेशिक व्यापारमा यो फेरबदल आएको हो।

समीक्षा वर्षमा कुल व्यापारमध्ये आयाततर्फ भारी वृद्धि भएको छ। यस अवधिमा मुलुकको कुल आयात १६.२० प्रतिशतले बढेर २ लाख ९६ अर्ब ३७ करोड रुपैयाँ (रु. २,०९६.३७ अर्ब) पुगेको छ, जुन अघिल्लो वर्ष १ लाख ८०४ अर्ब थियो। यता, निर्यात व्यापारतर्फ पनि १३.८१ प्रतिशतको वृद्धि हासिल हुँदै कुल निर्यात ३१५ अर्ब २९ करोड रुपैयाँमा सीमित हुन पुगेको छ। निर्यातको तुलनामा आयातको अंश अत्यधिक उच्च रहँदा मुलुकको व्यापार घाटा बढेर १ लाख ७८१ अर्ब रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष व्यापार घाटा १ हजार ५१७ अर्ब रुपैयाँ रहेको थियो। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा घटेर १३.०७ प्रतिशतमा झरेको छ भने आयातको हिस्सा बढेर ८६.९३ प्रतिशत पुगेको छ।

विशेषगरी भूराजनीतिक तनावका कारण विश्व बजारमा इन्धन तथा अन्य उपभोग्य वस्तुको मूल्यमा आएको वृद्धिका कारण व्यापारको मौद्रिक मूल्य बढेको विश्लेषकहरूको ठहर छ। यसका साथै मुलुकभित्रका आन्तरिक राजनीतिक घटनाक्रम तथा चुनावजस्ता कारणले इन्धन र अन्य उपभोग्य वस्तुहरूको आयातमा थप स्पाइक देखिन पुग्यो। समग्रमा बाह्य क्षेत्रको दबाब र आयातमुखी अर्थतन्त्रको चरित्र यस वर्षको व्यापार तथ्यांकमा प्रष्ट रूपमा झल्किएको छ।

44 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु