पात्रो

रेडियो

समाचार खोजी

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र साउन १४ देखि बिक्रीमा

साझा अर्थ संवाददाता ५ साउन २०८३, मङ्गलवार

काठमाडौँ, ५ साउन: दीर्घकालीन र सुरक्षित लगानीको खोजीमा रहेका लगानीकर्ताहरूका लागि लक्ष्मी सनराइज बैंक लिमिटेडले नयाँ वित्तीय योजना सार्वजनिक गरेको छ। बैंकले आगामी साउन १४ गतेदेखि कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको हो। १० वर्षको अवधिमा परिपक्व हुने यस वित्तीय उपकरणलाई ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ भनिएको छ।

बैंकले प्रतिइकाई १,००० रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र ल्याएकोमा, १ अर्ब २० करोडको १२ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १ अर्ब ८० करोडको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री हुनेछ। सर्वसाधारणको हिस्साबाट ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

यस निष्कासनमा लगानीकर्ताले छिटोमा साउन १९ र ढिलोमा साउन २८ गतेभित्र आवेदन दििसक्नुपर्नेछ। वार्षिक ७ प्रतिशत ब्याज अर्धवार्षिक रूपमा पाइने यस ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम सबै कित्तासम्म आवेदन दिन सकिन्छ र बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल रहेको छ।

इच्छुक लगानीकर्ताहरूले आस्बा सेवा प्राप्त बैंक तथा वित्तीय संस्था वा 'मेरो सेयर' (Mero Share) मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

10 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु