पात्रो

रेडियो

समाचार खोजी

आजबाट नागढुङ्गा– सिस्ने खोला सुरुङ मार्ग सञ्चालमा आउने

साझा अर्थ संवाददाता ११ साउन २०८३, सोमवार

काठमाडौं, ११ साउनः  आजबाट नागढुङ्गा– सिस्ने खोला सुरुङ मार्ग सञ्चालमा आउने सञ्चालनमा आउने भएको छ । सो सुरुङमार्ग आज उद्घाटन गरिएपछि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । 
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, जापान सहयोग नियोग (जाइका)का प्रमुखलगायतको सहभागितामा आज बिहान ११ बजे सुरुङ मार्गको उद्घाटन गरिने छ । काठमाडौंको टोटेपाखादेखि धादिङतर्फको सिस्नेखोलासम्म जोड्ने २ हजार ६ सय ८० मिटर लामो यो सुरुङमार्गको निर्माण जापानी कम्पनी हाज्मा आन्दो जेभीले गरेको हो । वि.सं २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे पनि विभिन्न कारणले निर्माणमा ढिलाइ भएको थियो । जापानी ठेकेदारले चार पटकसम्म म्याद थप गरेपछि मात्र आयोजना सम्पन्न गरेको थियो । 
उद्घाटन पछी सुरुङमार्गमा अत्यावश्यक सवारीसाधनलाई मात्र प्रवेश दिइनेछ । सुरुवाती चरणमा बस, माइक्रो, कार, जीपलगायत चारपांग्रे सवारीलाई प्राथमिकता दिइने बताइएको छ । मोटरसाइकल, पेट्रोल ट्यांकर, ग्यास बुलेटजस्ता मालबाहक सवारी भने तत्काल सञ्चालनमा आउने छैनन् । सुरुङमार्ग प्रयोग गरेबापत टोल बुथमार्फत शुल्क बुझाउनु पर्ने छ । 
सुरुङमार्गको शुल्क संरचनाअनुसार कार, भ्यान, पिकअप र जीपलाई काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनिबस, मिनि ट्रिपर र ट्रकका लागि काठमाडौं भित्रिँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ ।

10 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु