काठमाडौं — लुम्बिनी विकास बैंक लिमिटेडले सुमन आचार्यलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।
बैंकले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई पठाएको सूचनाअनुसार सञ्चालक समितिको ३२८औँ बैठकले आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठक मिति २०८३/०३/२४ गते अपराह्न ३ बजेदेखि सुरु भई साँझ ६ बजे सम्पन्न भएको सूचनामा उल्लेख छ।
सूचनाअनुसार आचार्यको नियुक्ति मिति २०८३/०४/०१ देखि लागू हुनेछ। उनलाई चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको बैंकले जनाएको छ।
बैंकका कम्पनी सचिव हरि कृष्ण सुवेदीद्वारा हस्ताक्षरित उक्त पत्रमार्फत निर्णयबारे नेप्सेलाई जानकारी गराइएको हो।
नयाँ प्रमुख कार्यकारी अधिकृतको नियुक्तिसँगै बैंकको आगामी रणनीतिक दिशा, सेवा विस्तार र संस्थागत व्यवस्थापनमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।