पात्रो

रेडियो

समाचार खोजी

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तरलता खिच्दै

साझा अर्थ संवाददाता २६ असार २०८३, शुक्रवार

काठमाडौं, २६ असार: नेपाल राष्ट्र बैंकले आज वित्तीय प्रणालीबाट ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन (तरलता) खिच्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूमा रहेको अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त रकम संकलन गर्न लागेको हो।

आज प्रकाशित सूचना अनुसार राष्ट्र बैंकले ९१ दिनको अवधिका लागि यो निक्षेप संकलन गर्न लागेको हो। यसका लागि आज दिउँसो ३:०० बजे अनलाइन बोलकबोल प्रणालीमार्फत बोलकबोल हुनेछ। यस निक्षेप संकलनको ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै तय गरिने केन्द्रीय बैंकले जनाएको छ।

यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। संकलन गरिएको उक्त निक्षेप सावाँ तथा आर्जित ब्याजसहित आगामी असोज २३ गते (अक्टोबर ९, २०२६) फिर्ता भुक्तानी गरिनेछ।

18 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु