पात्रो

रेडियो

समाचार खोजी

विर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव

साझा अर्थ संवाददाता २५ चैत २०८२, बुधवार

झापा, २५ चैत : कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रदेश सरकार भारतका सीमावर्ती प्रान्त पश्चिम बङ्गाल र बिहारका पर्यटकलाई आकर्षित गर्ने प्रवद्र्धनात्मक कार्यक्रममा अग्रसर रहेको बताउनुभएको छ ।
उहाँले आज विर्तामोडमा सुरु भएको दुई दिवसीय कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सवको उद्घाटन गर्दै उक्त जानकारी दिनुभएको हो । भारतका ती प्रान्तका बासिन्दासँग नेपालको कैयन सांस्कृतिक परम्पराहरुमा समानता रहेको जनाउँदै उहाँले जनस्तरसम्म आत्मिय रहेको सम्बन्धलाई अब पर्यटन क्षेत्रमा जोड्ने बेला आएको बताउनुभयो ।

    प्रदेश सरकारले पर्यटन क्षेत्रलाई मुलुकको दीगो आर्थिक विकासको आधारस्तम्भ मानेर मुन्धुमसहित चार वटा पदमार्गको निर्माण गरेको उहाँले जानकारी दिनुभयो । पश्चिम बङ्गाल र बिहारबाट ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

    आज सुरु भएको कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सवमा नेपालका १८ वटा र भारतका १२ वटा गरी ३० वटा स्टल राखिएका छन् । होटल, घरबास, ट्राभल गाइड, हस्तकला, अर्गानिक खाद्य बस्तु लगायतका स्टलबाट पर्यटकलाई दुवै देशका पर्यटकीयस्थल र त्यहाँको विशेषता बारेमा जानकारी मिल्ने होटल सङ्घ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिनुभयो ।

    उत्सवमा सहभागी हुन भारतको पश्चिम बङ्गालको व्यावसायिक र सांस्कृतिक टोली यहाँ आएको छ । कलाकारहरुको टोलीले उद्घाटन कार्यक्रममा शास्त्रीय सङ्गीतको भरत नाट्यम शैलीका रोचक नृत्यहरु प्रस्तुत गरेको थियो । ताप्लेजुङ र पाँचथर क्षेत्रका चराहरुको खोज अनुसन्धान गरेर चरा ंसंरक्षण अभियन्ता देवेन्द्र खरेलले निर्माण गर्नुभएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

    कोशी प्रदेश पर्यटन वर्षसम्बन्धी निर्देशन समितिका सहसंयोजक भवेश श्रेष्ठ, पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा लगायतले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा निजी क्षेत्रसँग सहकार्य गर्दै आएको भन्दै कोशी प्रदेश सरकारको प्रशंसा गर्नुभएको थियो ।

31 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ