पात्रो

रेडियो

समाचार खोजी

पूर्व प्रधान मन्त्री केपी ओली पक्राउ

साझा अर्थ संवाददाता १४ चैत २०८२, शनिवार

काठमाडौंः  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाइ पक्राउ गरिएको छ ।  ओलीलाई गुण्डुस्थित निवास बाट प्रहरीले विहान पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोलीे ओली लाई निवासमा पुगी पक्राउ गरेको बताइएको छ । यस अघि आजै तत्कालिन गृह मन्त्री रमेस लेखकलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । 
भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले उहाँहरुलाई पक्राउ गरेको हो ।
आन्दोलन पछ गठित शुशिला कार्कीको सरकाले गठन गरेको जाँचबुझ आयोगले ले बुझाएको प्रतिवेदन तीन दिनअघि मिडियाहरुमा सार्वजनिक भएको थियो । आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८२ को कसुर गरेको आरोपमा मुद्दा चलाउन शिफारिस गरिएको थियो । 
सरकारको शुक्रावार बेलुका बसेको बैठकले गौरीबहादुर कार्की अयोगको प्रतिवेदन कार्यन्वयन गर्ने निर्णय गरेको थियो ।

59 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ