काठमाडौं : बागलुङको ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण को विजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट ३५ किलोमिटर टाढा रहेको सो स्थानसम्म सेवा विस्तार गरेपछि विजुली पुगेको हो ।
११ केभी विद्युत् लाइन मार्फत ढोर पाटमा विजुली पुर्याइएको राससले जनाएको छ । अघिल्लो वर्षदेखि नै विद्युत् पोल गाड्ने र लाइन तान्ने काम गरिएकोमा बिहीबारदेखि नियमित विद्युत् प्रसारण ढोरपाटन पुगको हो ।
रु १५ करोड लागतमा ढोरपाटनमा विद्युत् पुर्याएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । यस अघि त्यहाँ स्थानीय लघु जलविद्युत बाट उत्पादीत विद्युतको सिमिति रुपमा प्रयोग हुँदै आएको थियो ।
ढोरपाटन क्षेत्रमा एक बजार बढी घर दूरी छन् । स्थानीयले ४० किलोवाटको गर्पाखोला लघुजलविद्युत् आयोजना र ६० किलोवाटको ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनामार्फत विद्युतीय सेवा लिँदै आएका थिए ।