पात्रो

रेडियो

समाचार खोजी

इरान आसपास अमेरिकी युद्धपोत र लडाकु विमान तैनाथी बढेको पुष्टि

साझा अर्थ संवाददाता ५ फागुन २०८२, मङ्गलवार

काठमाडौँ : अमेरिकाले इरान आसपास सैन्य युद्धपोतको तैनाथी बढाएको पुष्टि भएको छ ।

उपग्रहबाट प्राप्त तस्बिरहरूले अमेरिकी विमानवाहक युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’ इरान नजिक पुगेको पुष्टि भएको छ । उक्त युद्धपोत हाल ओमानको तट नजिक र इरानबाट करिब ७०० किलोमिटर दूरीमा रहेको जनाइएको छ ।

वाशिङ्टनले इरानको आणविक कार्यक्रम र पछिल्ला विरोध प्रदर्शनमाथि गरिएको कडा कारबाहीलाई लिएर वार्तासँगै सैन्य दबाब पनि बढाइरहेको अवस्थामा यो गतिविधि सार्वजनिक भएको हो ।

यसैबीच, अमेरिकी र इरानी अधिकारीहरूबीच मंगलबार जेनेभामा दोस्रो चरणको वार्ता सुरु हुँदैछ । इरानले बैठकमा आफ्नो आणविक कार्यक्रम र अमेरिकाले लगाएका आर्थिक प्रतिबन्ध हटाउने सम्भावनामा केन्द्रित हुने बताएको छ। तर वाशिङ्टनले भने अन्य विषयहरूमा पनि छलफल गर्न चाहेको संकेत दिएको छ ।

अब्राहम लिंकन युद्धपोतमा तीन निर्देशित क्षेप्यास्त्र विध्वंसक जहाज, एफ- ३५ लडाकु विमानसहित करिब ९० वटा विमान र ५ हजार ६८० सैनिक सवार रहेका छन् ।

गत जनवरी अन्त्यतिर खाडी क्षेत्रमा तैनाथ गरिएको यो युद्धपोत हालसम्म उपग्रह तस्बिरमा स्पष्ट रूपमा देखिएको थिएन । पछिल्लो जानकारीअनुसार जहाज ओमानको समुद्री क्षेत्र नजिक सक्रिय रहेको बताइएको छ ।

 

35 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु