पात्रो

रेडियो

समाचार खोजी

बंगलादेशमा बीएनपी बहुमततर्फ अग्रसर, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्दै

साझा अर्थ संवाददाता १ फागुन २०८२, शुक्रवार

काठमाडौँ :  बंगलादेशमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) पार्टीले २९९ सिटमध्ये १३७ सिट जितेर बहुमततर्फ अग्रसर भएको छ ।

चुनावको नतिजाले पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ । रहमानले दुई सिटमा चुनाव लडे र दुवैमा जित हासिल गरेका छन् । उनी १७ वर्षपछि गत डिसेम्बरमा देश फर्किएका थिए ।

बंगलादेशको मिडिया डेली स्टारका अनुसार अहिलेसम्म १७७ स्थानको मतगणना सम्पन्न हुदा बीएनपीले १३७ स्थानमा जित हासिल गरेको छ भने 

जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले अहिलेसम्म ३५ सिट मात्र जितेको छ । 

अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले ५ सिट जितेका छन् । अझै १२२ स्थानको नतिजा घोषणा हुन बाँकी रहेको छ । यस निर्वाचनमा ४८ प्रतिशत मतदान भएको थियो ।

50 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु