पात्रो

रेडियो

समाचार खोजी

भेनेजुएलाका विपक्षी नेता गुआनिपाको अपहरण

साझा अर्थ संवाददाता २६ माघ २०८२, सोमवार

काठमाडौँ : भेनेजुएलाका प्रमुख विपक्षी नेता जुआन पाब्लो गुआनिपालाई आइतबार राति अज्ञात सशस्त्र समूहले अपहरण गरेको छ ।

जेलबाट रिहा भएको केही घण्टामै राजधानी काराकासको लोस चोरोस क्षेत्रमा उनलाई बलपूर्वक लैजाँदै गरिएको परिवार र विपक्षी नेताहरूले बताएका छन् ।

विपक्षी दल प्रिमेरो हुस्तिसियाका नेता गुआनिपालाई सर्वसाधारण पोशाकमा आएका करिब १० जना सशस्त्र व्यक्तिहरूले चार सवारी साधन प्रयोग गरी नियन्त्रणमा लिएको विपक्षी नेतृ तथा नोबेल पुरस्कार विजेता मारिया कोरिना माचादोले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

गुआनिपाका छोरा रामोनले यो घटनाको विरोध गर्दै आफ्नो बाबुको जीवित रहेको प्रमाण माग गरेका छन् । प्रिमेरो हुस्तिसिया पार्टीले भने अपहरणको जिम्मेवारी सरकारमाथि लगाएको छ ।

६१ वर्षीय गुआनिपा आठ महिनाभन्दा बढी जेलमा बसेपछि आइतबार मात्रै रिहा भएका थिए । मानवअधिकार समूहका अनुसार सोही दिन कम्तीमा ३० राजनीतिक बन्दीहरूलाई रिहा गरिएको थियो ।

69 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु