पात्रो

रेडियो

समाचार खोजी

अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकहरूका लागि जारी गर्यो सुरक्षा सतर्कता

साझा अर्थ संवाददाता २३ माघ २०८२, शुक्रवार

काठमाडौँ : अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकहरूका लागि सुरक्षा सतर्कता जारी गरेको छ ।

इरानमा सडक बन्द, सार्वजनिक यातायात र इन्टरनेट अवरोधहरू जारी रहेको जानकारी दिदै अमेरिकी नागरिकहरूलाई सञ्चारका वैकल्पिक माध्यमहरू खोज्न र सुरक्षा सुनिश्चित गरेर आर्मेनिया वा टर्की हुँदै इरान छोड्ने विचार गर्न सल्लाह दिइएको छ ।

इरानका लागि अमेरिकाको भर्चुअल दुताबासले भनेको छ- 'इरानी सरकारले मोबाइल फोन, ल्यान्डलाइन र राष्ट्रिय इन्टरनेट नेटवर्कमा पहुँच प्रतिबन्धित गरिरहेको छ । एयरलाइन्सहरूले इरान जाने र जाने उडानहरू सीमित वा रद्द गरिरहेका छन् ।'

यसैवीच इरान र अमेरिका बीचको आणविक वार्ता आज ओमानको राजधानी मस्कटमा हुदैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न नयाँ सम्झौता नगरेसम्म इरान विरुद्ध सैन्य कारबाही गर्ने धम्की दिइरहेका छन् ।

इरानले आणविक मुद्दामा छलफल गर्न इच्छुक रहेको बताएको छ, तर आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने जस्ता मागहरूमा छलफल नगर्ने स्पष्ट गरेको छ । 

69 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु