पात्रो

रेडियो

समाचार खोजी

लक्ष्यभन्दा पाँच महिनाअघि गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक सम्पन्न

साझा अर्थ संवाददाता २० माघ २०८२, मङ्गलवार

  म्याग्दी : बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।     
     
पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालन एक वर्ष निर्माण अवधि भएको योजना लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न भएको हो । गण्डकी प्रदेश सरकारले रु तीन करोड ५९ लाख ९८ हजार बजेटको स्रोत सुनिश्चित गरेको उक्त योजना निर्माणका लागि बिबिपीएल बिएसडीएस धवलागिरि छनोट भएको थियो ।     
     
विसं २०८२ असार १६ गते रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता भएको योजनाको ठेक्का अवधि २०८३ असार १६ गतेसम्म थियो । निर्माण व्यवसायीले पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको, स्थानीयस्तरमा सहजीकरण, निगरानी र सम्बद्ध कार्यालयबाट भएको समन्वयका कारण लक्ष्यअघि नै योजना सम्पन्न भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो ।     

114 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ