पात्रो

रेडियो

समाचार खोजी

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

साझा अर्थ संवाददाता १२ माघ २०८२, सोमवार

काठमाडाै‌ः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई नियन्त्रणमा लिने क्रममा अमेरिकाले एक गोप्य हतियार प्रयोग गरेको दाबी गर्नुभएको छ । सो हतियारका कारण भेनेजुएलाका सैन्य उपकरणहरू काम नगर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।
एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले उक्त हतियारका कारण भेनेजुएलाले प्रयोग गर्न तयार पारेका क्षेप्यास्त्र र अन्य सैन्य प्रणाली निष्क्रिय बनेको दाबी गर्नुभयो । उहाँका अनुसार रूसी र चिनियाँ सहयोगमा तयार गरिएका उपकरणहरूले बटन थिच्दा पनि कुनै काम गर्न सकेनन् ।

यसअघि मादुरोको निवास क्षेत्रमा गरिएको कारबाहीका क्रममा राजधानी काराकासका धेरै स्थानमा बत्ती निभेको ट्रम्पले बताउनुभएका थिए, तर त्यसको तरिका खुलाएका थिएनन् ।
राष्ट्रपति ट्रम्पले लागुऔषध तस्कर समूहविरुद्ध सैनिक कारबाहीलाई निरन्तरता दिने सङ्केत पनि गर्नुभएको छ । उहाँका अनुसार यस्तो कारबाही मध्य अमेरिका र मेक्सिकोसम्म पनि फैलिन सक्नेछ ।
हालै अमेरिकाले प्रशान्त महासागर क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न एक डुङ्गामाथि आक्रमण गरेको थियो । मादुरो नियन्त्रणमा लिएयता यो पहिलो सैन्य कारबाही हो । गत सेप्टेम्बरयता क्यारिबियन र प्रशान्त क्षेत्रमा भएका यस्ता कारबाहीमा एक सय सत्र जनाको मृत्यु भइसकेको बताइएको छ ।

ट्रम्पले भेनेजुएलासँग सम्बन्धित सातवटा तेल बोक्ने जहाज नियन्त्रणमा लिएको दाबी पनि गर्नुभयो । ती जहाज कहाँ राखिएका छन् भन्ने विषयमा भने उहाँले जानकारी दिन अस्वीकार गर्नुभयो ।
अन्तर्वार्तामा उहाँले भेनेजुएलाका विपक्षी नेतृ मारिया कोरिना माचाडोले आफूलाई प्रदान गरेको नोबेल शान्ति पुरस्कार कहाँ राख्ने भन्ने विषयमा समेत सोचिरहेको बताउनुभयो ।
यसैबीच, आर्कटिक क्षेत्रको सुरक्षा सम्झौतासम्बन्धी विषयमा डेनमार्क र ग्रिनल्यान्डका नेताहरूले आफ्नो सार्वभौमिकता सम्झौताबाट प्रभावित नहुने स्पष्ट पार्नुभएको छ । 

117 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
100%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु