पात्रो

रेडियो

समाचार खोजी

अफगानिस्तानमा भारी हिमपात र वर्षाबाट ६१ जनाको मृत्यु

साझा अर्थ संवाददाता ११ माघ २०८२, आइतवार

काठमाडौँ : अफगानिस्तानको विपद् व्यवस्थापन निकायले विगत तीन दिनमा देशका धेरै भागहरूमा भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको जनाएको छ ।

हिमपात र हिमपहिरोले १०० भन्दा बढी व्यक्ति घाइते भएको र ४०० भन्दा बढी घरहरू ध्वस्त भएको पनि जनाएको जानकारी दिइएको छ । एजेन्सीले यो तथ्याङ्क बढ्न सक्ने अनुमान गरेको छ ।

भारी हिमपातले काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने हिन्दुकुशमाथिको मुख्य राजमार्ग सहित सडकहरू अवरुद्ध गरेको छ । अफगानिस्तानका धेरै प्रान्तहरू प्रभावित भएका छन्, जसमा बामियान, परवान, बल्ख र मैदान वर्दक समावेश छन् ।

100 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु