पात्रो

रेडियो

समाचार खोजी

गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु

साझा अर्थ संवाददाता २१ मंसिर २०८२, आइतवार

काठमाडौँ । भारतको गोवाको अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । । मृतकमध्ये तीन महिला र ३-४ जना पर्यटक रहेको मुख्यमन्त्रीले बताएका छन् ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय विधायक माइकल लोबो घटनास्थलमा पुगेका थिए । उनले तीन जनाको जलेर मृत्यु भएको छ भने अन्यको मृत्यु भएको छ । दुर्घटनाको पूर्ण अनुसन्धान गरिनेछ र दोषीहरूमाथि कडा कारबाही गरिने मुख्य्म्नात्री सावन्तले बताएका छन् ।

प्रारम्भिक जानकारीबाट नाइट क्लबले अग्नि सुरक्षा नियमहरूको पालना नगरेको बताइएको छ । अहिलेसम्म २३ जनाको शव फेला परेको छ र मृतकहरूमा धेरै जसो क्लबका कर्मचारी भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुख व्यक्त गर्दै राज्य सरकारले प्रभावित सबैलाई आवश्यक सहयोग गर्ने बताएका छन् ।

142 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु