पात्रो

रेडियो

समाचार खोजी

ट्रम्पसँग मादुरोले सत्ता त्याग्ने प्रस्ताव गरेको खुलासा

साझा अर्थ संवाददाता १६ मंसिर २०८२, मङ्गलवार

काठमाडौँ : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफू सत्ता त्याग्न तयार रहेको बताएका छन् । मिडिया रिपोर्टका अनुसार, मादुरोले नोभेम्बर २१ मा ट्रम्पसँग फोनमा कुरा गरेको र उनले ट्रम्पलाई सुरक्षित बाटोको लागि अनुरोध गरेको बताइएको छ ।

उनले अमेरिकाले उनलाई र उनको सम्पूर्ण परिवारलाई पूर्ण कानुनी उन्मुक्ति दिएमा आफू सत्ता त्याग्न तयार रहेको बताएको उल्लेख गरिएको छ ।

उनले सबै प्रतिबन्धहरू हटाउन, आफूविरुद्धको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मुद्दा बन्द गर्न र भ्रष्टाचार, लागूपदार्थको तस्करी र मानवअधिकार उल्लङ्घनका लागि उनका १०० भन्दा बढी अधिकारीहरूमाथि लगाइएको प्रतिबन्ध हटाउन पनि माग गरेका छन् ।

ट्रम्पले सबै सर्तहरू सिधै अस्वीकार गरेको र मादुरोलाई आफ्नो परिवारसँग जहाँ चाहियो त्यहाँ जानको लागि केवल एक हप्ताको समय दिएको रिपोर्टमा उल्लेख छ । त्यो एक हप्ताको समयसीमा गत शुक्रबार समाप्त भएको बताइएको छ ।

समयसीमा सकिएपछि, ट्रम्पले अचानक भेनेजुएलाको सम्पूर्ण हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन् । ट्रम्पले नोभेम्बर २३ मा मादुरोसँग कुरा गरेको बताए, तर थप विवरण दिन अस्वीकार गरेका छन् । 

ह्वाइट हाउसले पनि यस विषयमा अहिलेसम्म कुनै जानकारी प्रदान गरेको छैन । यो कुराकानी अमेरिकी नौसेनाले क्यारिबियन र प्रशान्त महासागरमा २१ वटा सैन्य कारबाही गरेपछि भएको थियो । 

अमेरिकाले यी डुङ्गाहरू भेनेजुएलाको लागूपदार्थ तस्करी गर्ने गिरोहसँग सम्बन्धित रहेको दाबी गरेको छ, जसलाई अमेरिकाले आतंकवादी संगठनको रूपमा तोकेको छ । यी आक्रमणहरूमा अहिलेसम्म कम्तिमा ८३ जनाको मृत्यु भइसकेको छ ।

ट्रम्पले आवश्यक परेमा अमेरिकी सेना भेनेजुएलालाई आक्रमण गर्ने चेतावनी दिदै आएका छन् । 

102 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु