पात्रो

रेडियो

समाचार खोजी

चक्रवात दितवाबाट श्रीलंकामा १५० भन्दा बढीको मृत्यु, आज भारतीय तटमा आउने

साझा अर्थ संवाददाता १४ मंसिर २०८२, आइतवार

काठमाडौँ । श्रीलंकामा विनाश मच्चाएपछि, चक्रवात दितवा आइतबार तमिलनाडु र पुडुचेरीको तटमा ठोक्किने बताइएको छ । बह्रतीय मौसम विभागले कुड्डालोर, नागापट्टिनम, मयिलादुथुरै, विल्लुपुरम र चेंगलपट्टु लगायत धेरै क्षेत्रहरूमा भारी वर्षा र तेज हावाको लागि चेतावनी जारी गरेको छ ।

तमिलनाडुको तटीय जिल्लाहरूमा राहत र उद्धार कार्यका लागि एनडीआरएफ र एसडीआरएफ सहित २८ भन्दा बढी विपद् प्रतिक्रिया टोलीहरू तैनाथ गरिएको छ । यसका साथै, महाराष्ट्र र गुजरातमा रहेका एनडीआरएफ आधारहरूबाट १० टोलीहरू चेन्नई आइपुगेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

तमिलनाडुमा भारी वर्षाका कारण शनिबार ५४ उडानहरू रद्द गरिएको छ । चक्रवातका कारण पुडुचेरी केन्द्रीय विश्वविद्यालयले बिदा घोषणा गरेको छ र सबै परीक्षाहरू स्थगित गरेको छ । पुडुचेरी, कराइकल, माहे र यानमका सबै स्कूल र कलेजहरू सोमबारसम्म बन्द रहनेछन् ।

श्रीलंकामा दितवाका कारण आएको बाढी र पहिरोमा १५० भन्दा बढीको मृत्यु भएको छ भने १०० भन्दा बढी बेपत्ता छन् । चेन्नईको उडान रद्द भएका कारण विगत तीन दिनदेखि लगभग ३०० भारतीय यात्रु कोलम्बो विमानस्थलमा अलपत्र परेका छन् । ती सबै दुबईबाट श्रीलंका हुँदै भारत जाँदै थिए ।

भारत मौसम विज्ञान विभागले चक्रवात दिटवालाई ध्यानमा राख्दै खतराको संकेत नम्बर ५ (डी- भी ) जारी गरेको छ । संकेत नम्बर ५ को अर्थ हल्कादेखि मध्यम चक्रवाती आँधी तट पार गर्ने भन्ने हो ।

119 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु