पात्रो

रेडियो

समाचार खोजी

गाजामा इजरायली सेनाको हवाई आक्रमणमा २२ प्यालेस्टिनीको मृत्यु

साझा अर्थ संवाददाता ७ मंसिर २०८२, आइतवार

काठमाडौँ । उत्तरी र मध्य गाजामा इजरायली हवाई आक्रमणमा कम्तिमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ । हमासका मेडिकल तथा नागरिक रक्षा अधिकारीहरूले जानकारी दिएका छन्।

अधिकारीहरूले शनिबार आवासीय क्षेत्रहरू सहित पाँच स्थानमा आक्रमण भएको बताएका छन् । स्थानीय स्रोतहरूले मृत्यु हुनेमा हमासका एक वरिष्ठ कमाण्डर पनि रहेको संकेत गरेका छन् । इजरायली सेनाले गाजामा लक्षित गरिएका लक्ष्यहरू शनिबार अघि भएको घटनासँग सम्बन्धित रहेको बताएको छ ।

सेनाका अनुसार, एक सशस्त्र व्यक्तिले गाजा पट्टीको पहेँलो रेखा पार गरेर इजरायली नियन्त्रित क्षेत्रमा प्रवेश गरे र सैनिकहरूमाथि गोली चलाएका थिए । हमासले इजरायलको आरोप अस्वीकार गरेको छ ।

दुवै पक्षले छ हप्ता अघि भएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप एकअर्कालाई लगाएका छन् ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, युद्धविराम लागू भएदेखि इजरायली आक्रमणमा ३१० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।

119 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु