पात्रो

रेडियो

समाचार खोजी

अमेरिकी बन्द खोल्ने प्रस्ताब सिनेटबाट पारित

साझा अर्थ संवाददाता २४ कार्तिक २०८२, सोमवार

काठमाडौँ । अमेरिकी सिनेटरहरूले देशको इतिहासमा सबैभन्दा लामो सरकारी बन्द अन्त्य गर्न सक्ने सम्झौतालाई अनुमोदन गरेका छन् । डेमोक्र्याटिक सांसदहरूको समूहले सिनेटमा रिपब्लिकन नेताहरूसँग भएको सम्झौतालाई समर्थन गरेको छ । 

सिनेटमा भएको मतदानमा ६०-४० को मतदानमा प्रस्ताव अनुमोदन भएको छ ।  डेमोक्रेटक आठ सिनेटरको समुहले रिपब्लिकनसँग सहमति गरेपछि बन्द खुल्ने सम्भावना बढेको हो । 

४० दिनको गतिरोध पछि बन्द अन्त्य गर्ने दिशामा यो प्रगतिको पहिलो संकेत मानिएको छ । यो सम्झौताले सरकारी सेवाहरू पुन: सुरु गर्ने बाटो खोल्न सक्ने बताइएको छ ।

तर यो सम्झौता अझै पनि अमेरिकी कांग्रेसले पारित गर्न आवश्यक छ, र सिनेटमा यसको विरोध गर्ने डेमोक्र्याटहरूले प्रक्रियालाई ढिलो गर्न सक्ने बताइएको छ ।

विगत केही हप्ताहरूमा, बन्दले लाखौं सरकारी कर्मचारीहरूलाई तलब बिना काम गर्न बाध्य पारेको छ र अमेरिकाभरि सेवाहरू अवरुद्ध गरेको छ ।

73 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु