पात्रो

रेडियो

समाचार खोजी

भारतको लद्दाखस्थित लेह शहरमा नयाँ कडा प्रतिबन्ध, मोबाइल इन्टरनेट बन्द

साझा अर्थ संवाददाता २ कार्तिक २०८२, आइतवार
 

काठमाडौँ । भारत सरकारले लद्दाखको लेह शहरमा नयाँ कडा प्रतिबन्धहरू लगाएको छ ।

यी प्रतिबन्धहरू शनिबार लद्दाखमा एपेक्स बडी लेह (एबीएल) र कारगिल डेमोक्रेटिक एलायन्स (केडीए) को प्रस्तावित शान्तिपूर्ण विरोध मार्च अघि लगाइएको थियो । प्रशासनले लेहमा धारा १६३ लागू गरेको छ । पाँच जनाभन्दा बढीको भेला निषेध गरिएको छ । मोबाइल इन्टरनेट सेवाहरू पनि बन्द गरिएको छ । 

लेहमा अहिले ठूलो संख्यामा प्रहरी र सुरक्षा बल तैनाथ गरिएको छ भने शहरभरि बजारहरू बन्द छन् र सवारी साधनको आवागमन पनि रोकिएको स्थानीयले बताएका छन् । एपेक्स बडी लेह (एबीएल) र कारगिल डेमोक्रेटिक एलायन्स (केडीए) ले अक्टोबर १८ मा लेह र लद्दाखका अन्य भागहरूमा शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका छन् र साँझ ६ बजेदेखि राति ९ बजेसम्म लद्दाखमा ब्ल्याकआउटको आह्वान गरेका छन् ।

एपेक्स बडी लेह र कारगिल डेमोक्रेटिक एलायन्सले सेप्टेम्बर २४ मा लेहमा भएको हिंसापछि पक्राउ परेकाहरूको रिहाइ, हिंसामा मारिएकाहरूको लागि क्षतिपूर्ति र छैटौं अनुसूची लागू गर्न माग गरेका छन्।

105 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु