पात्रो

रेडियो

समाचार खोजी

छिमेकी राष्ट्रहरूसँग आर्थिक साझेदारीबारे अर्थमन्त्रीको छलफल

साझा अर्थ संवाददाता ८ असोज २०८२, बुधवार
समाचार सारांश

चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । भेटका अवसरमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताउनुभयो । 

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तव र नेपालका लागि जनगणतन्त्र चीनका राजदुत महामहिम चेङ्ग सोङ्गसँग छुट्टाछुटै शिष्टाचार भेट गर्नुभएको छ ।
भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारत बीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पु¥याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
साथै नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औंल्याउनुभयो ।
उक्त भेटको अवसरमा भारतीय राजदुतले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुक बीच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरु नेपालको साथमा रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा भारतीय राजदूतले भारतीय सहयोगमा सञ्चालन भएका विकास आयोजना र कार्यक्रमहरुमा तीब्रता दिने तथा नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्र समेतको मनोबल उच्च बनाउनका लागि आवश्यक सहयोग र सहकार्य गर्न भारत तयार रहेको विचार व्यक्त गर्नुभयो ।
उक्त अवसरमा नेपाल भारत बीचको व्यापार सहजीकरणका लागि दुबै पक्षबीच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।
त्यसैगरी चीनका राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । भेटका अवसरमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताउनुभयो । साथै उक्त अवसरमा मन्त्री खनालले नेपाल र चीन बैंकिङ्ग क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न समेत चिनियाँ राजदुतलाई अनुरोध गर्नुभयो ।
उक्त भेटको अवसरमा राजदुतले चीनले नेपाली जनताको छनौटलाई सधै सम्मान गर्दै आएको उल्लेख गर्दै चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताउनुभयो।साथै चिनियाँ राजदूतले चीनको सहयोगमा निर्माणाधिन परियोजनाहरु सन्तोषजनक रुपले अगाडी बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीको लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासंगको छुट्टै अन्तरक्रिया गरिने कुरा समेत जानकारी दिनुभयो ।

119 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ