पात्रो

रेडियो

समाचार खोजी

पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुदा दुई पाइलटसहित पाँच जनाको मृत्यु

साझा अर्थ संवाददाता १६ भदौ २०८२, सोमवार

काठमाडौँ: पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटनामा सेनाका दुई पाइलटसहित पाँच जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दुई अधिकारी पनि छन्। पाकिस्तानी सेनाले एमआई-१७ हेलिकप्टर नियमित प्रशिक्षण अभियानका क्रममा दुर्घटनामा परेको बताएको छ । घटना डायमर जिल्लाको थाकादास क्यान्टोनमेन्टबाट लगभग १२ किलोमिटर टाढा रहेको हुडोर गाउँ नजिकै भएको थियो ।

हेलिकप्टर बाढी प्रभावित जिल्लाहरूबाट फर्कने क्रममा दुर्घटनामा परेको जियो न्युजले उल्लेख गरको छ । रिपोर्टका अनुसार दुर्घटना खराब मौसम र बाक्लो कुहिरोका कारण भएको बताइएको छ ।

91 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ