काठमाडाैः चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले आयोजना निर्माणको लागि अनुमतिपात्र माग गर्दै विद्युत विकास विभागमा आवेदन दिइसकेको छ।
अब विद्युत विकास विभागले प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा आफ्नो लिखित राय प्रतिक्रिया दिन आग्रह गर्दै आज भदौ ९ गते सार्वजनिक सूचना प्रकाशन गरेको छ। सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन भित्र विद्युत विकास विभाग वा उक्त कम्पनीको कार्यालयमा आफ्नो लिखित राय प्रतिक्रिया दिन आग्रह गरिएको छ।
कम्पनीले बनाउने यो आयोजना गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ५ र ६ मा रहने छ। आयोजनाको कुल लागत ९ अर्ब १५ करोड ३९ लाख अनुमान गरिएको छ।
180
Shares