पात्रो

रेडियो

समाचार खोजी

रिलायन्स कम्युनिकेसन र अनिल अम्बानीमाथि सिबिआईको कारबाहीबाट अपरेसन प्रभावित भएको छैन :रिलायन्स पावर

साझा अर्थ संवाददाता ८ भदौ २०८२, आइतवार

नयाँदिल्ली (रासस/एएनआई) : रिलायन्स कम्युनिकेसन्स लिमिटेड र उद्योगपति अनिल अम्बानीविरुद्ध सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सिबिआई) ले हालै गरेको कारबाहीले यसको व्यापार सञ्चालन, वित्तीय प्रदर्शन वा हिस्सेदारहरूमा कुनै असर नपरेको रिलायन्स पावर लिमिटेडले आइतबार प्रष्ट पारेको छ ।

    नेसनल स्टक एक्सचेन्ज (एनएसई) मा सार्वजनिक गरिएको फाइलिङमा कम्पनीले भनेको छ, “रिलायन्स पावर लिमिटेड मिडिया रिपोर्टहरूमा प्रष्ट पार्न चाहन्छ कि रिलायन्स कम्युनिकेसन्स लिमिटेड र अनिल अम्बानीविरुद्ध सिबिआईले हालै गरेको कारबाहीले व्यापार सञ्चालन, वित्तीय प्रदर्शन, सेयरधनी, कर्मचारी वा अन्य कुनै पनि स्टेकहोल्डरहरूमा कुनै असर पारेको छैन ।”

    सार्वजनिक डोमेनमा उपलब्ध विवरण र रेकर्डहरूले स्टेट बैंक अफ इन्डिया (एसबिआई) द्वारा दायर गरिएको उजुरी एक दशक पुरानो मामिलासँग सम्बन्धित रहेको देखाउँछ । 

    त्यतिबेला अम्बानी रिलायन्स कम्युनिकेसनमा गैर–कार्यकारी निर्देशकको रूपमा मात्र संलग्न हुनुहुन्थ्यो । दैनिक व्यवस्थापनमा उहाँको कुनै भूमिका थिएन । उहाँले सन् २०१९ मा, अर्थात् छ वर्षअघि, कम्पनीको बोर्डबाट राजीनामा दिनुभएको थियो ।

    रिलायन्स कम्युनिकेसन हाल एसबिआईको नेतृत्वमा रहेको ऋणदाताहरूको समितिको व्यवस्थापनमा रहेको र समाधान व्यवसायीद्वारा निरीक्षण भइरहेको कम्पनीले उल्लेख गरेको छ । 

    यो मुद्दा विचाराधीन अवस्थामा रहेको र राष्ट्रिय कम्पनी कानून न्यायाधिकरण (एनसिएलटी) तथा सर्वोच्च अदालतसहितका अन्य न्यायिक फोरमहरूले विगत छ वर्षदेखि यसलाई विचाराधीन राखेका छन् ।

    रिलायन्स पावरले आफू स्वतन्त्र रूपमा सूचीबद्ध कम्पनी भएको र यसको रिलायन्स कम्युनिकेसनसँग कुनै व्यापारिक वा वित्तीय सम्बन्ध नरहेको स्पष्ट पारेको छ । साथै अनिल अम्बानी साढे तीन वर्षभन्दा बढी समयदेखि रिलायन्स पावरको बोर्डमा नरहेको जानकारी दिइएको छ । 

    त्यसैले रिलायन्स कम्युनिकेसनसँग सम्बन्धित कुनै पनि घटनाले रिलायन्स पावरको शासन, व्यवस्थापन वा सञ्चालनमा कुनै प्रभाव नपार्ने कम्पनीले जोड दिएको छ ।

    कम्पनीले आफ्नो व्यापार योजनाहरूलाई कार्यान्वयनमा लैजानमा ध्यान केन्द्रित गरिरहेको र सबै हिस्सेदारहरूलाई मूल्य प्रदान गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।

    स्टेट बैंक अफ इन्डियाले दायर गरेको उजुरी १० वर्ष पुरानो मामिलासँग सम्बन्धित रहेको र यसबारे बैंकको दाबीलाई सक्षम न्यायिक फोरममा चुनौती दिइएको अनिल अम्बानीका प्रवक्ताले बताएका छन् ।

    अनिल अम्बानीले सबै आरोपहलाई दृढ रूपमा अस्वीकार गर्नुभएको छ र आफ्नो रक्षा गर्ने बताउनुभएको छ । प्रवक्ताले भने, “एसबिआईले पाँच जना अन्य गैर–कार्यकारी निर्देशकहरू विरुद्धको कार्यवाही फिर्ता लिसकेको छ, तर अम्बानीलाई विशेष रूपमा छनोट गरिएको छ ।”

    यसअघि अनुसन्धान एजेन्सी सिबिआईले प्रेस नोटमार्फतस्टेट बैंक अफ इन्डिया, मुम्बईबाट प्राप्त उजुरीका आधारमा रिलायन्स कम्युनिकेसन्स लिमिटेड (आरकम) मुम्बई, यसको निर्देशक अनिल अम्बानी, अज्ञात सरकारी कर्मचारी र अन्य अज्ञात व्यक्तिहरूविरुद्ध आपराधिक मुद्दा दर्ता गरिएको बताएको थियो ।

    प्रेस नोटअनुसार यो मुद्दा २१ अगस्टमा दर्ता गरिएको हो ।

165 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ