पात्रो

रेडियो

समाचार खोजी

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्ग स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

साझा अर्थ संवाददाता ७ भदौ २०८२, शनिवार

लस एन्जलस, ७ भदौ (रासस/सिन्ह्वा):   अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा स्टारलिङ्ग स्याटेलाइटहरू कक्षमा पठाएको छ ।    
    
स्पेसएक्सका अनुसार, यी स्याटेलाइटहरू ‘फाल्कन–९’ रकेटमार्फत क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट बिहान १०ः०४ बजे (स्थानीय समय अनुसार) सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।    
    
‘फाल्कन–९’ एक पुनःप्रयोग गर्न मिल्ने रकेट हो, जसलाई अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले कृत्रिम उपग्रह प्रक्षेपण, अन्तरिक्षयान पठाउने र अन्तरिक्ष यात्रीहरूको ढुवानीका लागि विकास गरेको हो । यो रकेटलाई पृथ्वीको कक्षा र त्यसभन्दा परका गन्तव्यहरूमा उपयोगी सामग्री पु¥याउन प्रयोग गरिन्छ । यसको मुख्य विशेषता भनेको यसको पहिलो चरण (बुस्टर) भागलाई सफलतापूर्वक पृथ्वीमा पुनः अवतरण गराई फेरि प्रयोग गर्न सकिने प्रविधि हो, जसले प्रक्षेपण लागत उल्लेख्य रूपमा घटाउने काम गरेको छ ।    
    
स्पेसएक्सका अनुसार, स्टारलिङ्ग परियोजनाले ती स्थानहरूमा उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ, जहाँ हालसम्म इन्टरनेट पहुँच अस्थिर, महँगो वा पूर्ण रूपमा अनुपलब्ध रहेको छ ।     

184 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ