पात्रो

रेडियो

समाचार खोजी

गुराँस लघुबित्तको नाफा बढ्यो

साझा अर्थ संवाददाता ५ साउन २०८२, सोमवार

काठमाडौं: गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा करीब ९० प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो आवको असार मसान्तसम्म कम्पनीले २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म कम्पनीले ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

यससँगै कम्पनीको खुद ब्याज आम्दानी पनि ८ करोड २८ लाख रुपैयाँबाट ५९.७४ प्रतिशतले वृद्धि भएर १३ करोड २४ लाख रुपैयाँ पुगेको छ। यता कुल सञ्चालन आम्दानी ११ करोड १६ लाख रुपैयाँबाट ४२.१६ प्रतिशतले बढेर १५ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

खराब कर्जा २.९१ प्रतिशत मात्रै रहेको यस कम्पनीको आधार दर १२.६७ प्रतिशत, प्रतिशेयर आम्दानी ३४.१७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५६.७९ रुपैयाँ रहेको छ।

223 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु