पात्रो

रेडियो

समाचार खोजी

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा आजदेखि आवेदन दिन सकिने

साझा अर्थ संवाददाता २७ असार २०८२, शुक्रवार

काठमाडौः स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आज असार २७ गतदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई प्रतिकित्ता १०० रुपैयाँको दरले २३ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। नेपाल धितोपत्र बोर्डले स्वस्तिकलाई कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। 

जसमध्ये पहिलो चरणमा १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गर्न लागेको हो। साथै, ०.५० प्रतिशतले हुने ११ सय ५५ कित्ता शेयर कम्पनीका कर्मचारीलाई र ५ प्रतिशतले हुने ११ हजार ५५० कित्ता शेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ। यसबाहेक बाँकी रहने १ लाख ९५ हजार ५९५ कित्ता शेयर भने दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गरिने छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। 

यसमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुमार्फत आवेदन दिन सकिनेछ। इक्रा नेपालले यस लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्नमा जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ बी रेटिङ प्रदान गरेको छ।

251 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु