पात्रो

रेडियो

समाचार खोजी

सन नेपाल लाइफ इन्स्योरेन्सको बिक्री नभएका हकप्रद सेयर लिलामीमा

साझा अर्थ संवाददाता १५ असार २०८२, आइतवार

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री नभएका हकप्रद सेयरहरू लिलामीमा ल्याउने घोषणा गरेको छ। कम्पनीले ८०,२२२ कित्ता प्रवर्द्धक सेयर र १,४४,५०६ कित्ता साधारण सेयर असार २३ गतेदेखि ३० गतेसम्म लिलामीमार्फत बिक्रीमा ल्याउने भएको हो।

यसअघि कम्पनीले १:०.२७ को अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर वैशाख ३० देखि असार ३ गतेसम्म बिक्री खुला गरेको थियो। तर उक्त सेयरमध्ये माथि उल्लेखित कित्ता आवेदन नपरेका कारण नियामक प्रावधानअनुसार लिलामी प्रक्रियाबाट बिक्री गरिने भएको हो।

नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निर्गम विनियमावली, २०७३ अन्तर्गत निर्देशन नं. २१ को व्यवस्था अनुसार कम्पनीले सीलबन्द बोलपत्रमार्फत लिलामी गर्ने निर्णय गरेको हो।

लिलामीमा इच्छुक व्यक्ति, कम्पनी तथा संस्था सबैले असार ३० गतेसम्म आवेदन दिन सक्नेछन्। प्रति सेयर न्यूनतम बोलकबोल मूल्य रू. १०० तोकिएको छ।

प्रवर्द्धक सेयरका लागि न्यूनतम १,००० कित्ता र अधिकतम ८०,२२२ कित्तासम्म आवेदन दिन सकिनेछ भने साधारण सेयरका लागि न्यूनतम १०० कित्ता र अधिकतम १,४४,५०६ कित्ता सम्म आवेदन दिन सकिनेछ। तर, बीमा समिति द्वारा तोकिएको व्यक्तिगत सीमा भित्र मात्र आवेदन गर्न पाइनेछ।

149 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता