काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत रहेका नेपाल विरूद्ध बिहीबार विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
पूर्वप्रधानमन्त्री नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी भएको विशेष अदालतले जनाएको छ ।
काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपाल सहितको बयान लिएको थियो ।
२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो । तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो ।
साझा अर्थ संवाददाता